Skin_Hospital_Dhn

कैलालीको अत्तरियामा एक कर्मचारीमाथि खुकुरी प्रहार

धनगढी: कैलालीको अत्तरियास्थि नो लाइटका एक कर्मचारीमाथि खुकुरी प्रहार भएको छ।

बिहीबार बिहान कार्यालय अगाडि अज्ञात समूहले नो लाइटका कर्मचारी सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

डीएसपी गंगाबहादुर थापाले खुकुरीले चौधरीको टाउकोमा चोट लागेको र उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको बताए। उनले खुकुरी प्रहार गर्ने फरार रहेको र खोजी कार्य भइरहेको जानकारी दिए।

स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरीमाथि खुकुरी प्रहार गरेका थिए।

सम्बन्धित
Loading...