Skin_Hospital_Dhn

धनगढीदेखि बैंगलोरसम्म २८ सयमा आरामदायी यात्रा गर्ने पाइने

धनगढीः कैलालीको धनगढीदेखि भारतको बैंगलोरसम्म २८ सयमा आरामदायी यात्रा गर्ने पाइने भएको छ।

दुर्गा भवानी टूर एण्ड ट्राभल्स प्रालिले धनगढीदेखि बैंगलोरसम्मको यात्रा गर्न भारु २ हजार ८ सय टिकटवाफतको रकम लाग्ने जनाएको छ। सो प्रालिले धनगढीमा कार्यालय उद्घाटन गरी सेवा दिन थालेको हो।

एक महिना अघिदेखि धनगढीदेखि भारतको बैंगलोर र भारतको बैंगलोरदेखि धनगढीसम्म बस सेवा दिँदै आएको प्रालिको धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–४, ट्राफिक चौराहमा कार्यालय उद्घाटन गरिएको हो। बिहीबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कार्यालयको उद्घाटन गरे।

कार्यालयको उद्घाटन गर्दै अध्यक्ष कुँवरले ट्राभल्स व्यवसायी सेवा मुखी व्यवसायी भएको र हाल धेरै ट्राभल्स व्यवसायी सञ्चालनमा रहेको बताउँदै अरुभन्दा फरक तरिकाले अगाडि बढे सफल हुने विश्वास व्यक्त गरे।

होटेल व्यवसायी महासंघ सुदूरपश्चिमका महासचिव तेजबहादुर बोहरालले दुर्गा भवानी टूर एण्ड ट्राभल्सले यात्रुले झेल्दै आएको सास्ती र झन्झटबाट मुक्त गर्दै यात्रुहरुलाई गन्तव्यमा पुगाउने विश्वास लिएको बताए।

टूर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष दीपेन्द्रबहादुर पुजाराले हरेक दिने धनगढीको चौराहबाट छुट्ने एसीसहितको बस गौरीफन्टा, पलिाया कलाँ, भोपाल, हैदरबाट हुँदै बैंग्लोरसम्म र सोही रुट भएर धनगढी फर्किने बताए। उनले यात्रा गर्न चाहने यात्रुले नेपालका लागि दीपेन्द्र पुजारा, धर्मराज सेठ्ठी, लख्खन बुढा, बिरेन्द्र जप्रेल र राजेन्द्र पुजारा तथा बैंग्लोरका लागि हरिश पुजारा, दीपेन्द्र पुजारा, नरेश जप्रेल, पुरन चलाउने, विकास बोहरालाई सम्पर्क गर्न अनुरोध गरे।

सञ्चालक सदस्य धर्मराज सेठ्ठीले धनगढीदेखि बैंगलोरसम्मको यात्रा गर्न भारु २ हजार ८ सय टिकटबाफतको रकम लाग्ने बताए। सो प्रालिबाट यात्रुले सस्तो र आरामदायी यात्रा गर्न सकिने बताउँदै सेठ्ठीले टिकटबाहेक अन्य शुल्क नलाग्ने बताए। सेठ्ठीले छिट्टै महेन्द्रनगरदेखि बैंगलोर तथा विस्तारै भारतका अन्य क्षेत्रमा र नेपालका अन्य प्रदेशमा समेत बस सेवा सञ्चालन गर्ने बताए। उनले पत्रकारहरूलाई बैंगलोरसम्मको यात्रा निःशुल्क गरिएको जानकारी दिए।

सम्बन्धित
Loading...