Skin_Hospital_Dhn

गृहमन्त्री लेखक भन्छन्– समाज र विज्ञान पछाडि फर्किँदैन

डडेल्धुरा: गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडि नफर्किने बताएका छन्। बिहीबार डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित परशुराम साहित्य महोत्सव उद्घाटन समारोहमा उनले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।

‘देशमा गणतन्त्र आइसकेको छ,केही साथीहरूले राजतन्त्र पुरस्थापना कुरा गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रीकरण व्यवस्थामा अलोकतान्त्रिक राजतन्त्रमा पछाडि फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडि बढ्ने हो।’

त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउँदै संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे। जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणा राखे।

सम्बन्धित
Loading...