Skin_Hospital_Dhn

योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं: प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छिन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी हुन्।

‘समाज सुधारमा क्रियाशील तिनै योगमायालाई राष्ट्रिय विभूति घोषणा गरेर सरकारले सम्मान गर्नुपर्छ भनेर फाइल मन्त्रालयमा पुगायौ तर चारचार मन्त्री परिवर्तन हुँदा पनि किन थन्किएर बसेको छ? यसको कारण चाहियो,’ उनले भनिन्, ‘फेरि पनि म सभामुखमार्फत यस विषयमा सरकारको ध्यानाकर्षण गराउँछु।’

समाज परिर्वतनका लागि असाधारण विद्रोह छेड्ने योगमायाको योगदानलाई छायाँमा पारिएको बेलाबेला चर्चा हुने गरेको छ।

योगमाया अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन्।

उनको जन्म भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा १९२४ असारमा भएको थियो।

सम्बन्धित
Loading...