Skin_Hospital_Dhn

पोल्ट्री फर्ममा आगो लाग्दा झण्डै सात लाखको क्षति

धनगढी ।
कञ्चनपुरको एक पोल्ट्री फर्ममा आगो लागेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगो लाग्दा झण्डै सात लाखको क्षति भएको थियो । उनको गाइको गोठमा विद्युत सर्ट भएर आलो लागेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रवार दिउँसो गोठमा आगो लागेको हो । गोठमा लागेको आगो सोही ठाउँको श्री लटिनाथ पोल्ट्री फर्ममा सल्किएको थियो । उक्त फर्ममा ६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

सम्बन्धित
Loading...