
धनगढी: कैलालीको धनगढीस्थित एक फर्निचरमा आगलागी भएको छ।

शुक्रवार बिहान ४ः२० मा धनगढी उपमहानगरपालिका – १२ ‘सी’ गाउँका दानसिंह कुवरको फर्निचरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट टिनले छाएको १ तले १ कोठे फर्निचरमा रहेको काठ, फर्निचर, मेसिनलगायतका सामानहरू जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
