Skin_Hospital_Dhn

धनगढीमा फार्वेष्ट लिटिल स्टार हुने

धनगढी: कैलालीको धनगढीमा फार्वेष्ट लिटिल स्टार हुने भएको छ। प्याट टिम कलेक्सन ग्रुपको आयोजनामा चैत २ गते अडिसन हुने जनाइएको छ।

लिटिल स्टार फेसन शो २०२५ को लागि दर्ता आधिकारिक रूपमा खुला गरिएको छ। सेमिफाइनल जेष्ठ १५ र फाइनल जेष्ठ २८ गते हुने आयोजकले जनाएको छ।

उक्त प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा र सौन्दर्य देखाउन अनुरोध गरिएको छ। पुरुष र महिला दुवै विजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यसका साथै पोर्टफोलियो सुट, सिनेमा र संगीत भिडियोहरूमा एक्सपोजरको अवसर पाउनेछन्।विजेताहरूले नेपालको प्रसिद्ध सौन्दर्य प्रतियोगितामा सिधै प्रवेश पनि पाउने जनाइएको छ।

दर्ता शुल्क एक हजार राखिएको छ। ह्वाट्सएप नम्बर 9704537830 मार्फत फारम दर्ता गर्न सकिने जनाइएको छ।

सम्बन्धित
Loading...