Skin_Hospital_Dhn

बैतडी पुगेर गृहमन्त्रीले लिए शान्तिसुरक्षाबारे जानकारी

बैतडी: गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका छन्। आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका हुन्।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

उनले भने, ‘खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्ति सुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशनसमेत दिएर जानुभयो।’

शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्। गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन्। बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए।

सम्बन्धित
Loading...