Skin_Hospital_Dhn

बैतडीमा भाइको गोली हानेर हत्या गर्ने कर्णबहादुर पक्राउ

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।

गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट आज (शुक्रबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटिएका थिए। कर्णबहादुरलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए। पक्राउ परेका बिष्टलाई नेपालतर्फ ल्याउने काम भइरहेको छ ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो। कर्णबहादुरले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही विषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए।

सम्बन्धित
Loading...