Skin_Hospital_Dhn

धनगढीको १ नम्बर वडाले दियो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड’लाई साथ

धनगढीः चैत ७ गते हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ ले साथ दिएको छ।

उक्त वडाले अवार्डलाई प्रवर्द्धकका रुपमा साथ दिएको हो। प्रवर्द्धकसम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे।

सम्झौतापछि वडाध्यक्ष मुडभरीले खेलकुद पत्रकार मञ्चले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रम राखेर सराहनीयक काम गरिरहेको बताए। उनले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै सफलताको शुभकामना दिए।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ। यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ। धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ।

छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए। उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पनेरुले जानकारी दिए।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।

सम्बन्धित
Loading...