
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरापलिका–१ खल्लास्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शून्य ७ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पुर्नवास नगरापलिका–१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका–११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका–८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।
तीनैजनालाई खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
