
धनगढीः सुदूरपश्चिम प्रदेश सभामा उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक टेबुल भएको छ। आज बसेको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा सो विधेयक टेबुल गरेका हुन्।

प्रदेशको आर्थिक व्यवस्थालाई वृद्धि गर्न र रोजगार बढाउनका लागि प्रदेश स्तरीय वन सम्बन्धी ऐन संशोधन गर्न लागिएको उनले बताए।

आजको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी), राप्रपाले प्रदेश सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएका छन्। आइतबार १ बजे पुनः प्रदेशसभाको बैठक बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
