Skin_Hospital_Dhn

फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा प्रयोगकर्ताको सङ्ख्या बढ्यो

काठमाडौँ ।
दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ ।नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा फोरजीको समग्र पहुँच बढेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।

मङ्सिरसम्म टेलिकमका एक करोड १५ लाख ५० हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड २१ लाख ९७ हजार नाघेको छ । यस हिसाबले एक महिनामै टेलिकमले छ लाख ४७ हजार फोरजी प्रयोगकर्ता थपेको छ ।

टेलिकमको तुलनामा एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या भने सामान्य मात्र बढेको छ । मङ्सिरसम्म एनसेलका ६८ लाख १९ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा करिब ६८ लाख ४५ हजार मात्र पुगेको छ । अर्को सेवाप्रदायक स्मार्ट टेलिकम भने सेवा विस्तारमा अत्यन्त कमजोर देखिएको छ । स्मार्टका प्रयोगकर्ता बढ्नुको साटो घट्ने क्रममा छन् ।

सम्बन्धित
Loading...