Skin_Hospital_Dhn

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा भारतका मुख्यमन्त्रीको फोटो !

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग भएको छ ।

पूर्वराजा शाहको स्वागतमा गरिएको प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्वीर प्रयोग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्‍यालीमा योगी आदित्यनाथको तस्विर प्रयोग भएकोबारे चासो राखेका छन्।

छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्वीर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरूले र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू…..’ गत १७ माघमा पूर्वराजा शाह भारतको उत्तर प्रदेशको गोरखपुर पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।

सम्बन्धित
Loading...