
धनगढीः नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई नेपाल महिला संघ जिल्ला कार्यसमिति कैलालीले स्वागत गरेको छ।

आइतबार महिला संघ कैलालीले सहमहामन्त्री उपाध्याय र कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेलाई एक कार्यक्रमकाबीच धनगढीमा स्वागत गरेको हो।

काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनमा सहभागी हुनका लागि उनीहरू धनगढी आएका हुन्।
स्वागत कार्यक्रममा सहमहामन्त्री उपाध्यायले महिलाहरू सशक्त भएर अघि बढ्नुपर्ने बताइन्। संविधानले दिएका अधिकारका लागि महिलाहरू एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो।
