Skin_Hospital_Dhn

कञ्चनपुरमा चरेशसहित तीन किशोर पक्राउ

कञ्चनपुरः चरेशसहित कञ्चनपुरमा तीन जना किशोर पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ शान्तीपुरमा से ७ प ८५५१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटीको डिग्गी भित्र लुकाई राखेको ४१ दशमलव ८१ ग्राम चरेशसहित तीन जना पक्राउ परेका हुन्।

स्कुटीमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय किशोर र बेलौरी नगरपालिका–६ भुराकोट बस्ने १६ वर्षका २ जना किशोर गरि तिनै जनालाई चरेश र स्कुटीसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...