Skin_Hospital_Dhn

बाजुरामा भीरबाट खसेर एक जनाको मृत्युु

बाजुरा: भीरबाट खसेर बाजुरामा एक जनाको मृत्युु भएकाे छ।

आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीकाे भीरबाट खसेर मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चाैधरीले भीरबाट खसेका भण्डारीकाे घटनास्थलमै मृत्युु भएकाे जानकारी दिए। उनले प्रहरी घटनास्थल तर्फ गईरहेको बताए।

सम्बन्धित
Loading...