Skin_Hospital_Dhn

बैतडीमा मृत भेटिइन् लीला

बैतडी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका–४ पालिगडाकी १३ बर्षीया लीला साउँद आफ्नै घरभित्र मृत फेला परेकी हुन्।

आइतबार साँझ घरभित्र झुण्डिएको अवस्थामा साउँदको शव फेला परेको थियो। उदयदेव मावि पालिगडामा कक्षा ८ मा अध्ययनरत साउँदको मृत्युको कारण भन्ने खुल्न सकेको छैन्।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

सम्बन्धित
Loading...