
धनगढी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
पार्टीको १५औं महाधिवेशन समयमै हुने बताएका छन्।
उनले साेमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा महाधिवेशन समयमै हुने बताएका हुन्। यसका साथै उनले नेपालमा राजतन्त्र फर्किने कुनै माहाेल नभएकाे बताए।


देशभर राजतन्त्रका पक्षमा माहाेल बढेकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा पुर्वप्रधानमन्त्री देउवाले भने,’कुनै माहाेल बनेकाे मैले देखेकाे छैन, त्याे हल्ला मात्र हाे।’
गठबन्धनको प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकारमा कुनै समस्या नभएकाे बताउँदै याे गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे।
सभापति देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।
