Skin_Hospital_Dhn

कांग्रेस सुदूरपश्चिमको प्रथम प्रदेश सम्मेलन सुरु, देउवाले गरे उद्घाटन

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिमको प्रथम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौंराइ पार्टी प्यालेसमा कांग्रेसको प्रदेश सम्मेलन सुरु भएको हो।

सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। सम्मेलनले पार्टीलाई थप शसक्त बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। उनले सम्मेलनको सफलताको शुभकामना पनि दिए।

सम्मेलनमा सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइरालालगायतका नेताहरू सहभागी छन्।

सम्बन्धित
Loading...