Skin_Hospital_Dhn

कञ्चनपुरबाट लागू औषध ब्राउनसुगरसहित चार जना पक्राउ

कञ्चनपुर ।
कञ्चनपुरमा अवैध लागू औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका—१२ जाई जाने भित्री बाटोबाट कृष्ण राना समेत ३ जनालाई हिजो (शनिवार) राति पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोस्ट बन्साह र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका—१२ जाई जाने भित्री बाटोबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित सोही नगरपालिका—१० का २१ वर्षीय कृष्ण राना समेत ३ जनालाई शनिवार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

टोलीले से. २ प ५५१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित
Loading...