Skin_Hospital_Dhn

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ हात्तीगौँडा बस्ने २१ वर्षीय सालिकराम बानियाँ र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी छन्।

पक्राउ परेकामध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...