Skin_Hospital_Dhn

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालतमा रविको निवेदन

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेका छन्।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै दफा ७३ को व्यवस्थाअनुसार आदेश बदरको मागसहित लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दायर गरेका हुन्।

यसअघि लामिछानेले जिल्ला अदालत कास्कीले माग गरेको ६५ लाख रुपैयाँ धरौटी पनि बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा पनि निवेदन दायर गरेका थिए।

त्यस्तै ६० लाख धरौटी माग गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पनि निवेदन दायर गरेका छन्। लामिछानेलाई चितवन जिल्ला अदालतले पनि ५४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।

सम्बन्धित
Loading...