Skin_Hospital_Dhn

अछाममा माटो खन्ने क्रममा पुरिएर दुई महिलाको मृत्यु

अछाम:  माटोको ढिस्कोमा पुरिएर अछाममा दुई महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो माटो खन्ने क्रममा पुरिएर मंगलसेन नगरपालिका–८ ओलिगाउँ सुतुडाकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

डीएसपी भण्डारीका अनुसार मृतक देउरानी–जेठानी हुन्। घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

सम्बन्धित
Loading...