
काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक २६.८५ अंकले घटेको छ । आज (आइतबार) नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा पुगेको हो ।

पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रूपमा उतारचढाव आइरहेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक, फ्लोट इन्डेक्स १.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९५ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबारको तुलनामा आइतबार नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
