
कञ्चनपुरः टेलर गाडीको ठक्करबाट कञ्चनपुरमा पैदलयात्रीको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–९ ‘ख’ गाँउ खाती चोकमा पुनर्वासबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा बैतडीको शिवनाथ गाउपालिका–५ सरमाइली घर भई हाल ‘ख’ गाँउमै दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दरसिंह साउदको घट्नास्थलमै मृत्यु भएको छ।

टेलर गाडी र टेलर गाडी चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
