
कञ्चनपुरः एकनाले भरुवा बन्दुकसहित कञ्चनपुरमा एक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नरबहादुर बुढा रहेका छन्।

उनलाई एकनाले भरुवा बन्दुक थान–१, केप थान–६६ र आधा बोतल बारुदसहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
