
डडेल्धुराः डडेल्धुरामा विभिन्न मुद्दामा फरार रहेका चारजना प्रतिवादी पक्राउ परेका छन्।

बाल यौन दुव्र्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, ३५ हजार जरिवाना, ३५ हजार क्षतिपूर्ति र १ हजार ४ सय पीडित राहत कोष जरिवाना तोकिएको डडेल्धुराको आलिताल गाउँपालिका–६ फल्लेखर्कका २४ वर्षीय विक्रमबहादुर बिष्ट पक्राउ परेका छन्।

यसैगरी बिना ईजाजत सालको रुख काटेको मुद्दामा प्रतिब्यक्ति ३ महिना कैद सजाय र १ लाख ३२ हजार ८ जरिवाना तोकिएका परशुराम नगरपालिका–७ बस्ने ४२ वर्षीय हर्कबहादुर धामी, ४६ वर्षीय महावीर धामी र ६० वर्षका चक्र धामी पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई मिति सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।
