
धनगढीः कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २२ वर्षीय एकेन्द्र साउँद पक्राउ परेका हुन्।


उनलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै विशेष सूचनाको आधारमा गोदावरी नगरपालिका–२ अत्तरीया बजार लोटस गल्लिबाट गोदावरी नगरपालिका–७ हरैया बस्ने ३१ वर्षीय वीरु साउँदलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
सोमवार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
