Skin_Hospital_Dhn

प्रादेशिक आपत्कालीन गोदाम घर सुदूरपश्चिम सरकारलाई हस्तान्तरण

धनगढीः संघीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

बुधबार बिहान एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले धनगढी विमानस्थलमा रहेको गोदमघर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका हुन्। विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ।

गृहमन्त्री लेखकले नयाँ कार्यविधि तयार पारेर ६ वटा प्रदेशलाई प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको बताए। बागमती प्रदेशमा लागि काठमाडौँमा रहेको गोदामले काम गर्ने उनले बताए।

उनले भने, ‘भूकम्प गएको छ। एक हप्तामा चार पटक भूकम्प गयो। आज मात्र पोखरामा भूकम्प गएको छ। पहाडमा पहिरो जान्छ। आगलागी हुन्छ। तराइमा शीतलहर र गर्मीले सताउने गरेको छ। हिमाली क्षेत्रमा लेक लाग्छ, चिसोले समस्या गर्ने गरेको छ। हामी २४ घण्टा नै तयारीमा हुनुपर्छ। तीन तहका सरकार, प्राधिकरण र सुरक्षा निकायहरूले तयार अवस्थामा रहनुपर्छ।’

प्रमुख जिल्ल अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समिति, स्थानीय सरकारसहितको चारवटा निकायहरू प्रत्येक क्षण तयारी अवस्थामा रहन गृहमन्त्री लेखकले निर्देशन दिए। उनले भने, ‘प्रदेश सरकार, स्थानीय सरकार र जिल्लाको समितिले नजिकको सम्बन्ध राख्नु पर्छ। हामी एकदमै खतराको अवस्थामा छौ। देशमा आएका भूकम्पहरू चार म्याग्निटिउडका मात्र भएर मात्र हो। नभएको भए ठूलो क्षेत्र हुने थियो। हामीले प्राधिकरणसँग रहेको साँचो प्रदेश सरकारलाई दिएका छौँ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सात हेक्टरको भूकम्पले पहाडी क्षेत्रका घरहरू पूर्ण रूपमा धवस्त हुने बताए। उनले भने, ‘सात हेक्टरको भूकम्प सुदूरपश्चिममा आयो भने, कुनै घरहरू बाँकी रहँदैनन्। बाजे, प्रबाजेको पालामा ढुङ्गा र माटोले बनेका घरहरू छन्। ठुलो भूकम्प आउने अनुमान गरिएको छ। हामी सचेत हुन आवश्यक छ।’

गृहमन्त्री लेखकले हस्तान्तरण गरेको गोदाममा भारतीय टेन्ट २६५, चीनीय टेन्ट ३९०, सिलिपिङ्ग ब्याग २३७, कम्बल पाँच सय बेड २३१, म्याट्रेज पाँच सयलगायतका सामाग्री रहेका छन्। विपद्को समयमा आवश्यक अन्य सामाग्रीहरू पनि गोदाममा छन्।

सम्बन्धित
Loading...