
काठमाडौं: वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा.शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ। डा. शर्मा वीर अस्पतालमै कार्यरत थिए।

कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा.समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस भएको थियो। कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम थिए।
