
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो।
त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन्। सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।
