Skin_Hospital_Dhn

कैलालीमा विद्युतका कर्मचारीलाई खुकुरी हान्ने युवक पक्राउ

धनगढी: कैलालीमा विद्युतका कर्मचारीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अत्तरिया नो लाइटमा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन्।

उनलाई सोमबार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो। तीन मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको थियो। अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ।

सम्बन्धित
Loading...