Skin_Hospital_Dhn

धनगढीमा होली उत्सव हुने, ज्योति मगरको प्रस्तुति रहने

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा होली उत्सव हुने भएको छ। प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्ट नेपाल र फारवेस्ट मिडियाको आयोजनामा तराई होलीको दिन चैत १ गते धनगढी रगंशालामा होली उत्सव हुन लागेको हो।

व्यवस्थितरूपमा होली पर्व मनाउने उद्देश्यसहित १ गते धनगढी रगंशालामा होली उत्सव आयोजना गरिएको प्रहार इभेन्ट एण्ड म्यानेज्मेन्टका अध्यक्ष प्रकाशकुमार चन्दले बताए। उनका अनुसार उत्सवमा ज्योति मगर, डिजे कल्पित लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ।

होली उत्सव दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने उनले बताए। उत्सवमा प्रवेश शुल्क २ सय रुपयाँ राखिएको छ। होली उत्सव क्षेत्रमा धुम्रपान तथा मध्यपान विक्रीवितरण निषेध गरिएको छ।

सम्बन्धित
Loading...