Skin_Hospital_Dhn

‘सौराइ नारी सम्मान २०८१’ बाट ६ जना सम्मानित

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको सौराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८१’ सम्पन्न भएको छ। ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरिरहेका ६ जना महिलालाई सम्मान गरेको हो।

सम्मानित हुनेमा शिक्षातर्फ शान्ति भट्ट, स्वास्थ्यतर्फ सुलोचना अधिकारी, पत्रकारितातर्फ शारदा फुलारा, व्यवासायतर्फ निर्मला सिंह, कला संस्कृतितर्फ सुशीला कार्की र समाज सेवातर्फ लक्ष्मीकुमारी बोगटी छिन्।

कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उनीहरूलाई सम्मान पत्र प्रदान गरिन्। सम्मान गर्दै मन्त्री खड्काले निजी क्षेत्रले गरेको यस प्रकारको कार्यक्रमले आफूलाई समेत झस्काएको बताइन्।

यसरी निजी क्षेत्रबाट समाजमा हरेक क्षेत्रमा कार्य गरी रहेका महिलाहरूलाई एक ठाउँमा ल्याई गरिएको सम्मानले महिलाहरूमा अझै ऊर्जा थपिने उनको भनाइ थियो। उनले अझै महिलाले अनेक प्रकारका समस्याबाट गुज्रिरहेको बताउँदै मन्त्रालयका तर्फबाट आफूले सक्दो सकरात्मक प्रयासहरू गरिरहेको बताइन्।

सौँराइ स्क्वायर धनगढीका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरुलाइ सम्मान गर्न पाउँदा सौँराइ परिवार हर्षित भएको बताए। समाजमा केहि गर्नुपर्छ भनेर आँट गरिरहेका महिलाहरूलाई प्रोत्साहन गर्न सौँराइ नारी सम्मानको सुरुवात गरेको उनले बताए।

सौँराइ नारी सम्मानको यो तेस्रो सिजन हो। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सौँराइ स्क्वायरले नारीहरू सम्मान गर्दै आइरहेको छ।

सम्बन्धित
Loading...