
धनगढीः लागूऔषधसहित कैलालीको धनगढीबाट दुई जना किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने १७ वर्षीय दुई जना किशोरलाई २ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
