
एजेन्सि ।
युरोकप छनोट फुटबलमा पोर्चुगलले लक्जमर्बगलाइ ६–० गोलले पराजित गरेको छ ।
पोर्चुगलले ६ गोल गर्दा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । नवौं मिनेटमा रोनाल्डोको गोलबाट टोलीले अग्रता लिएको थियो ।

१५ औं मिनेट जाओ फेलिसले गोल गरेपछि अग्रता दोब्बर भयो । बर्नान्डो सिल्भाले १८ औं मिनेटमा गोल गरेपछि पोर्चुगल ३–० ले अघि बढेको थियो ।

३१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल पहिलो हाफमा ४–० ले अघि रह्यो ।
७७ औं मिनेटमा ओटाभिओले पाँचौं र ८८ औं मिनेटमा राफेल लियोले टिमका लागि छैटौं गोल गरेका थिए ।
समूह जेमा रहेको पोर्चुगलको यो लगातार दोस्रो जित हो ।
यही समूहमा रहेका अन्य खेलमा स्लोभाकियाले बेस्निया हर्ज गोभिनामाथि २–० को जित दर्ता गर्दा आईसल्याण्डले लिचेस्टेनलार्य ७–० ले स्तब्ध बनाएको छ ।
