अछामः भिरबाट लडेर अछाममा एक महिलाको मृत्यु भएको छ।
पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित बाख्रा चराउने क्रममा बिहीबार भिरबाट लढडेर ६८ वर्षीया बासु शाहीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा भीरबाट लडेर मृत्यु हुनेको संख्या बढिरहेको छ।