
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–४ मा सहिद गेटमा रहेको सौँराइ स्क्वायरले होली हंगामा कार्यक्रम हुने भएको छ। सौँराइ स्क्वायरले तराई होलीको दिन चैत १ गते (भोलि) होली हंगा कार्यक्रम आयोजना गर्ने भएको हो।

होली हंगा कार्यक्रममा कलाकारहरू डिजे नेहा, अछामी रेखा, सुशीला कार्की, चाहाना जोशी, स्मृति थापा र गुणाकर पनेरुको प्रस्तुति रहने सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले जानकारी दिए।

उनका अनुसार कार्यक्रम मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म आयोजना हुनेछ। प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ। प्रबन्ध निर्देशक शाहले रंगसँगै सांगितिक कार्यक्रमको मज्जा उठाउन सबैलाई आग्रह गरे।
