Skin_Hospital_Dhn

बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी

धनगढी: स्ववियु निर्वाचनलाई लिएर बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसनकिट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एकीकृत समाजावादीनिकट अनेरास्ववियूले बिहीबार क्याम्पसमा तालबन्दी गरेका हुन्।

निर्वाचन अधिकृत हिक्मतबहादुर स्याडाको एकल निर्णयका कारण तालाबन्दी गर्न बाध्य भएको दुवै संगठनले जनाएका छन्। तालाबन्दी गरेका संगठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा मागेका छन्।

उनीहरूले समानुपातिकतर्फ दर्ता भएका ५ संगठनको छुट्टाछुट्टै उम्मेदवारी पेश गर्नुपर्ने भए पनि निर्वाचन अधिकृतले पूर्वाग्रह राखेर ३ संगठनको संयुक्त प्यानललाई समानुपातिकतर्फ उम्मेदवारी दिन लगाएर नामावली प्रकाशन गरेको आरोप लगाएका छन्।

निर्वाचन निर्देशिकाबमोजिम संगठन दर्ता गरेर पाँच विद्यार्थी संगठनहरूमध्ये फागुन २७ गते तीन संगठनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
Loading...