
महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।
क्याम्पस प्रमुख डा. गजराम दमाई बिहीबार सूचना जारी गरेर स्ववियु निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेका हुन्।


उनले क्याम्पसको निर्वाचन समितिका निर्वाचन अधिकृत नरेन्द्रसिंह खत्रीले धम्कीका कारणले असुरक्षित महसुस गरेर पदबाट राजीनामा दिएको र खत्रीको ठाउँमा अर्को निर्वाचन अधिकृतको जिम्मेवारी लिन कोही तयार नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज भएका बताए।
‘हाललाई अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी गराइन्छ,’ क्याम्पस प्रमुख डा. दमाईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
