Skin_Hospital_Dhn

टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडक खण्डमा भे ८ प २५०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाईछिपाई राखेको अवस्थामा लागूऔषधसहित चालक टीकापुर–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जना पक्राउ परेका हुन्।

दुवैजनालाई स्पासनेस लेखेको दुई सय चालिस वटा लागूऔषध क्याप्सुल फेला पारी उक्त क्याप्सुल, मोटरसाइकल र दुवै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...