Skin_Hospital_Dhn

शनिबारीय महिला उद्यम बजार बन्द भएको छैन : मेयर हमाल

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शनिबारीय महिला उद्यम बजार बन्द नभएको बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले महिला उद्यम बजार बन्द नभएको जानकारी दिएका हुन्।

उनले महिला उद्यम बजार बन्द भएको हल्ला गरी भ्रम सृजना गरेकाले शनिबारीय महिला उद्यम बजार नियमित चलिरहने बताए। उनले भनेका छन्, ‘शनिबारीय महिला उद्यम बजार बन्द भएको हल्ला गरी भ्रम सृजना गरेकाले शनिबारीय महिला उद्यम बजार नियमित चलिरहने र सोही अनुसार भोलि २०८१ चैत्र २ गते पनि सञ्चालन रहने सम्पूर्ण महिला उद्यमीसहित नगरवासीमा जानकारी गर्दछु।’

धनगढी–१ पार्क मोडमा धनगढी उमहानगरपालिकाभित्र महिला सीपको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको समन्वय र धनगढी उपमहानगरपालिकाद्वारा आयोजना गरी २०८१ मंसिर १ गते शनिबारदेखि प्रत्येक शनिवार उक्त बजार सञ्चालन हुँदै आएको छ।

सम्बन्धित
Loading...