
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उम्मेद्धारको टुंगो लगाउने
काठमाडौँ ।
नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेद्धारको टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार बैठक भोली (मंगलबार) बिहान ९ बजेका लागि बोलाइएको हो ।


बैठक कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुने छन् ।
बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।
यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ।
