Skin_Hospital_Dhn

बझाङमा ढुङ्गा खस्दा युवक घाइते, धनगढी रेफर

धनगढीः ढुङ्गा खस्दा बझाङमा एक जना घाइते भएका छन्।

जिल्लाको तलकोट गाउँपालिका–२ बस्तीस्थित सुगाड खोलामा बिहीवार दाउरा काट्ने बेला माथिबाट अचानक ढुङ्गा खस्दा २७ वर्षीय दिनेश सार्की घाइते भएका हुन्। उनलाई जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सम्बन्धित
Loading...