
धनगढीः कैलालीको मोहना नदीमा नुहाउनेक्रममा बेपत्ता दुई जना किशोरको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका–१९ बाइसघरस्थित मोहना नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सोही ठाउँका १५ वर्षका दिनेश ओझा र १५ वर्षका आशिष बोहराको शव सशस्त्र प्रहरीले फेला पारेको हो।

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फूलबारीबाट खटिएका सशस्त्रको टोलीले उनीहरूको खोजी गरेको थियो।
सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ओझाको शव डुबेकै स्थानमा फेला परेको थियो भने बोहराको शव डुबेको स्थाननजिकै फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
