
बैतडी: बैतडीको पाटन नगरपालिकाले भोलि (आइतबार) शोक बिदा दिएको छ।

पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ।
भोलि नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितकुमार पाण्डेयले बताए ।
