
धनगढी: इन्जिनियरहरूकाे संस्था प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल(पिन) काे सुदूरपश्चिम प्रदेश अध्यक्षमा चुडामणी कलौनी सर्वसम्मत चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न भएकाे पिनकाे तेस्रो प्रदेश अधिवेशनले कलाैनीकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेकाे हाे।

यस्तै, सचिवमा दीपक उपाध्याय पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा हिक्मतबहादुर चौधरी, सहसचिवमा योगेश प्रताप कुँवर, कोषाध्यक्षमा स्मारिका बम चयन भएका छन्। सदस्यमा प्रयागराज जैशी, प्रमोदसिंह मन्याल, वीरेन्द्रसिंह बडाल, हिक्मत रावल, विशाल रावल, मानबहादुर साँउद, पवन कठायत, हरकेश धामी, योगेन्द्र विक, विनोद चौधरी, प्रेम पुरी, तीर्थ साँउद, खगेन्द्र जोशी र तरुण मट्ट सर्वसम्मत चयन भएकाे पिनका सुदूरपश्चिम इन्चार्ज पवन रावलले जानकारी दिए।

उनकाअनुसार अधिवेशनले ९ वटै जिल्ला ईन्चार्ज समेत ताेकेकाे छ। कैलाली इन्चार्जमा प्रेम पुरी, कञ्चनपुरमा तरूण भट्ट, अछाममा याेगेन्द्र बिक, डडेल्धुरामा हरकेश धामी, डाेटीमा पवन कठायत, बैतडी इन्चार्जमा मानबहादुर साउँद, बझाङ इन्चार्जमा हिक्मत रावल, दार्चुला इन्चार्जमा वीरेन्द्रसिंह बडाल र बाजुरा इन्चार्जमा प्रयागराज जैशी ताेकिएका छन्।
नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीकाे प्रमुख आथित्यतामा भएकाे अधिवेशन उद्घाटन सत्रका विशिष्ट अतिथि पार्टीका प्रदेश सचिव रणबहादुर चन्द थिए। पिनका सुदूरपश्चिम इन्चार्ज पवन रावलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे।
