
धनगढी: कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिवार राति अत्तरियाबाट गुलरियातर्फ गइरहेको स्कारपिओ आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का सुदिप रानाको मृत्यु भएको हो।

बा १७ च ९६४५ नम्बरको उक्त स्कारपिओ दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।
उनका अनुसार स्कारपिओ अनियन्त्रित भएर राजमार्ग किनारमा रहेको एक घरमा ठोक्किएको थियो।
