Skin_Hospital_Dhn

कैलालीको भासु भीरमा कार दुर्घटना

धनगढी: कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एकजना घाइते भएका छन्।

चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुपप्र ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ बस्ने २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ। उनको अत्तरियामा उपचार भइरहेको छ।

कार चालक नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहितका कारमा सवार अन्य तीनजना भने सकुशल रहेको बताइन्छ।

सम्बन्धित
Loading...